काठमाडौं। भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो।
सांसदहरूले निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै प्रश्न गरेका थिए।
परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिएपनि कुनै निर्णय/निर्देशन नगरी आगामी बैठक अनिश्चित भएपछि सांसदहरूले बैठकको मिति तोक्नुपर्ने भन्दै अडान लिएका थिए।
सांसद भीम रावलले देशको स्वाधिनतामाथि हस्तक्षेप भएपनि समितिले बैठकको मिति तय गर्न नसक्नु दुःखद भएको बताए।
बैठक सकिएपछि समिति सभापति पवित्रा निरौला खरेलले ‘भरसक भोलि नै बैठक बस्ने सोंच हो र भोलि मन्त्रीज्यूको समय मिल्यो र सदन नरहने अवस्थामा ११ बजे नै बैठक बस्छौँ। तर, अहिले नै यसलाई म टुंगो दिन सक्दिन’ भनेपछि विवाद शुरू भएको थियो। लगत्तै रावलले ‘संसद्को कुरा गर्नुभयो संसद् के का लागि’ भन्दै प्रश्न गरे।
‘‘देशको सार्वभौम सत्तामाथि नाङ्गो हस्तक्षेप भएको छ। अनि समय के का लागि हो? सरकार के का लागि हो। देश केका लागि ? यो भन्न मिल्दैन। या अहिले समितिमा बोल्न पाउनुपर्छ या बैठकको समय निर्धारण हुनुपर्छ”, रावलले भने, “माननीय सभापति ज्यू देशको सार्वभौम सत्ताको रक्षाभन्दा ठूलो कुरा के हो ? मलाई सुनाउनुहोस्। बैठकको समय तय हुनुपर्छ र त्यो बैठकमा कुरा राख्न पाउनुपर्छ। त्यो बैठकबाट निर्णय हुनुपर्छ। यसरी बैठकका विषयमा अहिले भन्न सक्दिनँ भन्न मिल्दैन।’’
लगत्तै सभापति निरौलाले ‘माननिय ज्यू गम्भीर विषयको छलफल हुनुपर्छ। आजै सक्न पाए हुन्थ्यो।’ भनेपछि बाझाबाझ थपिएको थियो।
चर्काचर्किपछि मन्त्री ज्ञवालीले संसद्का सबै समिति बराबर भएकाले सबैलाई समय दिनुपर्ने बाध्यताका कारण अहिले नै भन्न नसकिने बताएका थिए।
विदेशमा अलपत्र परेका नेपाली नागरिक लगायतका विषयमा अन्य समितिहरूले पनि समय लिएका कारण समय तालमेल गरेर सभापतिलाई जानकारी गराउने उनले बताए।
आजको समिति बैठकमा मन्त्री ज्ञवालीले सरकारले नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए। केही प्रावविधिक विषय मिलाउन बाँकी रहेकाले नक्शा अहिलेसम्म सार्वजनिक नभएको उनले बताए।
मन्त्री ज्ञवालीले नक्शा सार्वजनिक नभएकै कारण लिपुलेक क्षेत्रको १८/१९ किलोमिटर भूमि मिचिएको हो भनेर नसोच्न पनि आग्रह गरे। नक्शा जारी नभएको कारण सीमा नमिचिएको उनको दाबी छ। उनले भने, “मैले जुन अघि १८/१९ किलोमिटरको कुरा गरे त्यो त २०३२ सालमा जारी भएको नेपालको नक्शामै लिपुलेक लगायतका क्षेत्र छन्। नक्शा नभएको कारणले बाटो गएको नभएको कारणले नगएको भन्ने होइन।”
अन्तिममा समिति सभापति निरौलाले परराष्ट्रमन्त्रीले अन्य बैठकमा पनि समय दिएका कारण समय तत्काल तोक्न नसकिएको भन्दै जुनसुकै अवस्थामा पनि भोलि बिहान साढे ८ बजे बैठक बस्ने बताइन्। कूटनीतिक र वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुको विकल्प अहिले नभएको पनि उनले बताइन्।
" /> काठमाडौं। भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो।

">