युएनएफपीएका प्रमुख नेपालमा
काठमाडौं। संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपीए) का कार्यकारी निर्देशक तथा संयूक्त राष्ट्रसंघका उपमहासचिव डा. नतालिया कनेम दुईदिने औपचारिक भ्रमणमा नेपाल आएकी छन्।

सन् २०१७ मा युएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त भएकी डा.कनेमको यो पहिलो नेपाल भ्रमण हो।

उनका साथमा एशिया र प्रशान्त क्षेत्रका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएकै चिफ अफ स्टाफ पियो स्मिथ पनि आएका छन्।

यस वर्ष युएनएफपीएले ५०औं वार्षिकोत्सव तथा जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी) को २५ औं वार्षिकोत्सव मनाउँदैछ।

नेपाल भ्रमणमा रहेकी डा.कनेमले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग भेट्ने कार्यक्रम रहेको नेपालस्थित युनएनएफपीए कार्यालयले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्