काठमाडौं। संसदको आजको बैठकमा पनि प्रिबजेट माथिको छलफलले निरन्तरता पाउँनेछ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बिहान ११ बजेलाई डाकिएको छ।
आज दुवै बैठकमा अर्थमन्त्री खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा सभामा छलफल हुनेछ।
राष्ट्रिय सभामा भने यसमा उठेका प्रश्नहरूको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ।
अर्थमन्त्री खतिवडाले हिजोको बैठकमा आगामी आर्थिक वर्षको बजेट मुलतः कोभिड-१९ ले असर पारेको क्षेत्रको पुनरूत्थानमा केन्द्रित हुने बताएका थिए।
स्वास्थ्य पूर्वाधार विकासमा विशेष ध्यान दिने, समाजवाद उन्मुख आर्थिक प्रणाली स्थापना गर्ने र नागरिकको तीब्र विकासको अपेक्षालाई ध्यान दिएर आगामी बजेट बनाउने मन्त्री खतिवडाको प्रतिवद्धता थियो।
संसद सचिवालयका अनुसार १३ जेठमा सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि १५ जेठमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ।
" /> काठमाडौं। संसदको आजको बैठकमा पनि प्रिबजेट माथिको छलफलले निरन्तरता पाउँनेछ।प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बिहान ११ बजेलाई डाकिएको छ।

">