मोरङमा बसोबास गर्ने भोजपुरेलाई राहत वितरण

भोजपुर। मोरङका विभिन्‍न ठाउँमा बस्दै आएका ४४ परिवारलाई राहत वितरण गरिएको छ।

लकडाउनमा उनीहरूको दैनिक गुजाराको समस्यालाई ध्यान दिँदै शेर्पा कन्स्ट्रक्सनका सञ्‍चालक फुर्तेम्बा शेर्पाले राहत वितरण गरेका हुन्।

भोजपुर घर भई कामको शिलसिलामा मोरङको विराटनगर, रानी, कञ्‍चनबारीलगायत स्थानमा बस्दै आएका उनीहरूलाई प्रति परिवार २५ केजीका दरले चामल वितरण गरिएको हो।

यसअघि कन्स्ट्रक्सनले भोजपुरकै पौवादुङमा-१ श्यामशिला र तिवारीभञ्‍ज्यांगका २५० स्थानीय र मोरङ, सुनसरी, भोजपुरका विपन्न, गरीब, मजदूरलगायत एक हजार ३०० समेत कूल एक हजार ५०० घरपरिवारलाई प्रति परिवार २५ केजी चामल, दुई केजी नुन, दुई लिटर तेलका दरले सहयोग गरेको थियो।

जिल्लाका स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिहरूले संकलन गरेको नामावलीको आधारमा राहत बाँडिएको संचालक शेर्पाले बताए।

प्रतिक्रिया दिनुहोस्