मासको दालमा उपभोक्ता ठगेकाले बिगमार्टलाई तीन लाख जरिवाना
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बिहान दुई स्टोरलाई कारवाही गरेको छ।

विभागको अनुगमनका क्रममा मासको दाल महँगोमा बिक्री गरेको पाइएपछि बिगमार्टलाई कारवाही गरेको छ।

बिगमार्टको हात्तीगौंडास्थित स्टोरले मासको दाल प्रतिकिलो दुई सय ७१ रुपैयाँमा बिक्री गरेको पाइएको छ। स्टोरलाई कारवाहीस्वरूप विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको छ।

बिगमार्टले बेचेको दालको खरिद मूल्य देखाउन नसकेको र त्यसको मूल्य दुई सय ७१ रुपैयाँ पर्नुको कारण देखाउन नसकेकाले जरिवाना गरीएको विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए।

यस्तै, बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई विभागले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

उक्त पसलले म्याद सकिएको सामान बेचेको पाइएको विभागले जानकारी दिएको छ।

दुवै कम्पनीलाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२)(क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८(ङ) को कसुरमा ३९(१(ख) वमोजिम जरिवाना गरीएको विभागले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्