घर फर्कन चितवन प्रशासनमा ७५ भारतीयको निवेदन

चितवन। यहाँ रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन्।

जिल्ला प्रशासन कार्यालय चितवनले घर फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न आव्हान गरेको थियो।

हिजो दिउँसो ३ बजेसम्मका लागि दिइएको समयमा नाम टिपाएकाहरूको विवरण भारतीय दूतावास पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडा बताए।

संकलन गरिएको विवरणमा नाम, ठेगाना र कुन नाकामार्फत घर फर्कनु पर्ने हो विस्तृत जानकारी पठाइएको छ।

भारतीय राजदूतावासले जिल्लामा रहेका भारतीय नागरिकको विवरण सङ्कलन गरेर पठाइदिन आग्रह गरेपछि घर फर्कन चाहने भारतीय नागरिकको विवरण संकलन गरिएको प्रशासनले जनाएको छ।

दूतावासमा नामावली पठाएपछि पनि थप व्यक्ति सम्पर्कमा आएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्