साना किसानको माग- 'कृषि उत्पादन बजारसम्म ल्याएर बिक्री गर्न पाउँ'
काठमाडौं। किसानले उत्पादन गरेको तरकारी बजारसम्म ल्याएर बिक्री गर्न पाउने वातावरण बनाइदिन तरकारी तथा फलफूलका अगुवा कृषकहरूले माग गरेका छन्।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले किसानले उत्पादन गरेको वस्तु कालिमाटी तरकारी बजारमा विक्री गर्न नसकेको गुनासो गरे।
"तरकारी बजारमा ८ बजे भित्र बिक्री गर्न नसके किसानले आफ्नो तरकारी घर फिर्ता गर्नुपर्ने अवस्था छ। त्यो बजार त ४/५ सय मान्छेले कब्जा गरेर बसेका छन्। हामी  कोही छिर्न पाउँदैनौं’, पाठकले भने।
आफूहरूले ९ प्रतिशत स्टल पाउने सहमति भएपनि त्यहिंको व्यापारीहरूको सहकारीको कब्जा रहेको उनको भनाइ छ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले लकडाउनको असर सबै कृषि क्षेत्रमा परेको बताए।
दुग्ध सहकारी अभियान मार्फत देशभर उत्पादन हुने ६ लाख लिटर दूधमध्ये करीब ३ लाख लिटर दूध विक्री नहुँदा दैनिक एक करोड ५० लाख रूपैयाँ बराबरको नोक्सानी भइराखेको उनले बताए।
"यस्तै पशुपन्छीलाई खुवाउने आहार र दानको ढुवानीमा समस्या भएको छ। कृषि उत्पादन विक्री नहुँदा बारीमै कुहिएको छ। लकडाउनले करीब ६ लाख केजी हरियो चिया टिप्न नपाएर खेर गइरहेको छ", कँडेलले भने।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले सहकारी मार्फत कृषि उत्पादन बढाउने र सहज बजारको व्यवस्था गर्न बजेटको प्राथमिकता दिनुपर्ने सुझाव राखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्