काठमाडौं। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले भारतीय पक्षबाट लिपुलेक क्षेत्रमा भूमि मिचिएको विषयमा तत्कालै वार्ता गर्न चाहेको प्रष्ट पारेका छन्।
भारतीय पक्षले एक्लौटी हिसाबले लिपुलेकसम्म जोड्ने सडक नेपाली भूमिहुँदै निर्माण गरेपछि तत्कालै सरकारले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको थियो। त्यसलगत्तै भारतीय पक्षले कोरोनाको महामारीपछि वार्ता र छलफल गर्न सकिने भन्दै अर्को विज्ञप्ति जारी गरेको थियो। त्यसैको प्रतिक्रिया परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा दिएका छन्।
भूमि मिचिएको सम्बन्धमा महामारीपछि वार्ता वा छलफल नभइ अहिले तत्कालै वार्ता गर्नुपर्ने पक्षमा नेपाल रहेको उनले प्रस्ट्याए। समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले उच्च राजनीतिक तहमा वार्ता गर्न चाहेको बताए।
बैठकमा मन्त्री ज्ञवालीले दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै छांगरुमा दुईतीन दिन भित्रमा सशस्त्र प्रहरीको बीओपी राख्न लागिएकोसमेत समितिलाई जानकारी गराएका छन्।
हेलिकप्टरबाट त्यस क्षेत्रमा सुरक्षाकर्मी र आवश्यक बन्दोबस्तीको सामाग्री लगेर बीओपी स्थापना गर्न लागिएको जानकारी दिएका हुन्। भारत सरकारले कोरोना महामारीकै बीचमा धार्चुलादेखि लिपुलेकसम्म जोड्ने सडक निर्माण गरेपछि नेपालले उक्त कदमप्रति कडा आपत्ति जनाइसकेको छ।
" /> काठमाडौं। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले भारतीय पक्षबाट लिपुलेक क्षेत्रमा भूमि मिचिएको विषयमा तत्कालै वार्ता गर्न चाहेको प्रष्ट पारेका छन्।भारतीय पक्षले एक्लौटी हिसाबले लिपुलेकसम्म जोड्ने सडक नेपाली भूमिहुँदै निर्माण गरेपछि तत्कालै सरकारले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको थियो। त्यसलगत्तै भारतीय पक्षले कोरोनाको महामारीपछि वार्ता र छलफल गर्न सकिने भन्दै अर्को विज्ञप्ति जारी गरेको थियो। त्यसैको प्रतिक्रिया परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा दिएका छन्।

">