भारतबाट मध्यराति ७५ नेपाली कञ्‍चनपुर प्रवेश <p>कैलाली। गएराति भारतबाट ७५ जना नेपाली कञ्चनपुरको ब्रह्मदेव नाका भएर नेपाल प्रवेश गरेका छन्।</p> <p>राति ११ बजे महेन्द्रनगर आएका उनीहरूलाई नियन्त्रणमा लिएर महेन्द्रनगरको बैजनाथ स्कूलको क्वारेन्टाईनमा राखेको छ।</p> <p>जिल्ला प्रहरी कार्यालय कञ्&zwj;चनपुरले उनीहरूको विस्तृत विवरण संकलन गरिरहेको कञ्&zwj;चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।</p> <p>उनले उनीहरु भारतको कुन-कुन ठाउँबाट आएका हुन् भनेर लगत लिने काम भइरहेको जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्