सप्तरीका १८ वर्षीय युवामा कोभिड- १९ पुष्टि, नेपालमा संक्रमितको संख्या १२१ पुग्यो <p>काठमाडौं। सप्तरीका थप एक युवामा कोभिड-१९ को संक्रमण देखिएको छ। यससँगै कोभिड-१९ का पुष्टी भएकाहरूको&nbsp;संख्या १२१ पुगेको छ।</p> <p>वीपी&nbsp;कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परिक्षण अनुसार सप्तरीका १८ वर्षीय युवामा&nbsp;नयाँ पुष्टी भएको हो।</p> <p>सप्तरीको डाक्नेश्वोरी नगरपालिका वडा नं. ३ निवासी ती युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको&nbsp;स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका&nbsp;सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।</p> <p>&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्