काठमाडौं। राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले समाजवादको अवधारणामाथिको सरकारको बुझाइ नै गलत भएको टिप्पणी गरेका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक २०७७/०७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सत्तारूढ दल नेकपाका सांसद भुसालले समाजवाद सम्बन्धी अवधारणामाथिको सरकारको बुझाइ नै गलत भएको भन्दै सच्याउन माग गरे
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको बुँदा नम्बर ७ मा उल्लेखित ‘सबै प्रकारका असमानताको अन्त्य गर्दै समाजवादउन्मुख, आत्मनिर्भर, उन्नतशील, स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने’ भन्ने नै गलत भएको भुसालको टिप्पणी छ।
“सबै प्रकारका असमानता अन्त्य गर्दै समाजवाद उन्मुख हुने भन्ने नै यदि योे सरकारको अवधारणा हो भने मैले दुःखका साथ भन्नुपर्दछ, यो गलत अवधारणा हो। किनभने समाजवाद निर्माण नगरिकन समाजका सबैखाले असमानताहरूको अन्त्य कदापी गर्न सकिदैन”, भुसालले भने, “समाजवाद निर्माण गरेर मात्रै असमानताको अन्त्य गर्न सकिन्छ। असमानताको अन्त्य गर्नका निम्ति समाजवादका दिशामा अगाडि बढ्नुपर्दछ। त्यो धारणा सही धारणा हो। तर, समाजवादमा जानु भन्दा पहिले नै सबै खालका असमानताहरूको अन्त्य गर्छु भन्ने जुन अवधारणा छ। यो धारणाले समाजवाद उन्मुख बनाउँदैन।”
उनले स्वास्थ्यका पूर्वाधार विकाससँगै कृषि उत्पादन वृद्धि तथा बजारीकरण, स्वास्थ्य क्षेत्र सुधारका लागि वन औषधिको उद्योग खोल्ने, पर्यावरण संरक्षण गर्ने जस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।
डाक्टर बिमला राई पौडेलले विषम परिस्थितिलाई सम्बोधन गर्नेतर्फ विनियोजित विधेयकका सिद्धान्त केन्द्रित भएपनि आयोजना र कार्यक्रमको प्राथमिकता पुरानै आएको बताइन्।
कृषिमा प्राथमिकता, वैज्ञानिक वन व्यवस्थापन जस्ता कतिपय विषय विगत लामो समयदेखि सरकारको प्राथमिकतामा रहँदै आएपनि त्यस क्षेत्रमा ठोस ढंगले काम हुन नसकेको उनले बताइन्।
उनले कोरोना भाइरसको महामारीले समस्यासँगै थुप्रै अवसर पनि ल्याएकाले ती विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।
त्यसैगरी विज्ञान प्रविधिको विकास तथा जलवायु परिर्वतनले पार्ने प्रभाव न्यूनीकरणको क्षेत्रलाई पनि प्राथमिकतामा राखिनुपर्ने राईले बताइन्।
" /> काठमाडौं। राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले समाजवादको अवधारणामाथिको सरकारको बुझाइ नै गलत भएको टिप्पणी गरेका छन्।राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक २०७७/०७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सत्तारूढ दल नेकपाका सांसद भुसालले समाजवाद सम्बन्धी अवधारणामाथिको सरकारको बुझाइ नै गलत भएको भन्दै सच्याउन माग गरे

">