काठमाडौं। विदेशमा समस्यामा परेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकालाई चरणवद्ध रूपमा उद्धार गर्नुपर्ने उक्त प्रस्तावमा माग गरिएको छ।
भारतबाट जोखिमपूर्ण ढंगले आउने क्रम रोक्न नेपालीलाई सीमित र निश्चित नाका खुला गरेर अलपत्र परेकालाई नेपाल ल्याउने र क्वारेन्टाइनमा राख्नुपर्ने पनि भनिएको छ।
कांग्रेसकै सांसदद्वय डिला संग्रौला र प्रकाश रसाइली समर्थक रहेको प्रस्तावमा जोखिममा भएका र लकडाउनका कारण रोजगारी स्थगित भएकाहरूलाई गन्तव्य मुलुकमै व्यवस्थापन गर्नुपर्ने भनिएको छ।
अध्ययन, भ्रमण र भेटघाटका लागि गएर जोखिममा नभएका तर, आफ्नै खर्चमा फर्किन चाहेनहरूलाई पनि सुरक्षा र स्वास्थ्य मापदण्ड पूरा गरेर ल्याउने वातावरण बनाउनुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ।
त्यसरी ल्याइएका नेपालीलाई राख्न हाल संघ, प्रदेश र स्थानीय तहमा रहेका क्वारेन्टाइन, खालि रहेका सरकारी वा सार्वजनिक भवन, विश्वविद्यालय, शैक्षिक संस्थाको सदुपयोग गर्न सकिने पनि उल्लेख गरिएको छ।
त्यस्तै संघ, प्रदेश र स्थानीय तहको समन्वयमा अस्थायी रूपमा थप क्वारेन्टाइन बनाउन सकिने, पर्यटन मन्त्रालयले होटल व्यवसायीसँग समन्वय र सम्झौता गरी निश्चित मापदण्ड बनाइ बन्द रहेका होटल, रिसोर्ट, पार्टी प्यालेसलाई क्वारेन्टाइन सेन्टरको रूपमा व्यवस्था गर्न सकिने उल्लेख गरिएको छ।
विदेशबाट नेपाल आउने प्रत्येक व्यक्तिको अनिवार्य कोरोना परीक्षण गरिनुपर्ने, सम्भव भएसम्म नेपाल आउनुपूर्व नै सम्बन्धित देशमा पनि परीक्षण गरेर नेपाल ल्याउनको लागि पहल गर्नु उपयुक्त हुने प्रस्तावमा भनिएको छ।
‘जसले गर्दा जोखिम कम हुन्छ। नेपाल आइसकेपश्चात् विमानस्थलबाट तोकिएका क्वारेन्टाइनमा राखी परीक्षणको व्यवस्था गर्न सकिन्छ’, प्रस्तावमा भनिएको छ।
" /> काठमाडौं। विदेशमा समस्यामा परेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकालाई चरणवद्ध रूपमा उद्धार गर्नुपर्ने उक्त प्रस्तावमा माग गरिएको छ।

">