धनगढीमा काेरोना अस्पताल, निर्माण कार्य अन्तिम चरणमा

कैलाली। सामाजिक विकास मन्त्रालयमार्फत् धनगढीमा निर्माण भइरहेको कोरोना अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

९४ लाख ६ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको उक्त भवन किनारा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ।

कोरोना अस्पतालको निर्माण कार्य ९६ प्रतिशत सम्पन्न भएको स्वास्थ्य कार्यालय धनगढीका प्रमुख लालबहादुर धामीले बताए।

उनले ढोका जोड्ने, बाथरुममा धारा र बेसिन जोड्ने बाहेकका सबै काम सम्पन्न भइसकेको बताए। रंग लगाउने कार्य भने अन्तिम चरणमा पुगेको धामीले जानकारी दिए।

उनका अनुसार एक महीनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्यअनुसार निर्माण भइरहेको र तोकिएकै अवधिमा निर्माण पूरा हुनेछ।

प्रतिक्रिया दिनुहोस्