चीनले अनुदान दिएका स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं। मित्रराष्ट्र चीनले अनुदानमा दिएका स्वास्थ्य सामग्री आज नेपाललाई हस्तान्तरण गरिएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्र भानुभक्त ढकालाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्।

आज ती सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुन पाँउदा आफू औधि खुशी भएको भन्दै उनले ट्वीट गरेकी छन्। उनले कोरोना भाइरस सिर्जित महामारीविरूद्धको लडाईंमा विजयी हुने भन्दै यो (सहयोग) केवल शब्द मात्र नभएर 'एक्सन' हो भनेकी छन्।

हिमालय एअरलाइन्सको जहाजमार्फत् ती स्वास्थ्य सामग्री २७ वैशाखमा काठमाडौं ल्याइएको थियो। टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क, डिस्पोजेवल कोभरअल्स, मेडिकल गगल्स लगायतका सामग्री हस्तान्तरण गरिएको भए पनि चीनले नेपाललाई अनुदानमा कति सामाग्री दिएको भन्ने खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्