काठमाडौं। संघीय संसद्को प्रतिनिधि सभाको बैठकमा पूर्वबजेट छलफल चलिरहेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा सांसदहरूले आफ्नो विचार राखिरहेका छन्।
पूर्वबजेट छलफलमा सांसद एवं व्यवसायी विनोद चौधरीमाथि कमिसन अडियो प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट बाहिरिएका सांसद गोकुल बाँस्कोटाले रोष प्रकट गरेका छन्।
बाँस्कोटा सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा विनोद चौधरीको कम्पनी सीजी टेलिकमका विषयमा तीब्र विवाद थियो। सीजीले आधारभूत टेलिफोन सेवा पाउनुपर्ने भन्दै अदालतमा मुद्दा समेत दर्ता गरेको थियो।
त्यसबेला मन्त्री बाँस्कोटाले सीजी टेलिकमले टेलिफोन सेवाको अनुमति लिन २० अर्ब रूपैयाँ तिर्नुपर्ने बताएपछि सीजीले त्यसको प्रतिवाद गर्दै ‘टेलिकम सेवा प्रदायकले तिर्ने २० अर्ब रकम १० वर्षको किस्तामा तिर्ने नवीकरण शुल्क भएको कुरा मन्त्रीलाई समेत थाहा नभएको’ प्रतिक्रिया दिएपछि विवाद अझ चुलिएको थियो।
त्यसपछि तत्कालीन मन्त्री बाँस्कोटाले सीजी टेलिकमको फाइल दूरसञ्चार प्राधिकरणबाट मगाएर अध्ययन थालेको बताएका थिए। त्यसबेला बाँस्कोटाले सीजी टेलिकमलाई सरकारले १ करोड १८ लाख ६५ अमेरिकी डलर अनुदान दिएर कम्पनी शुरू भएको दावी गरेका थिए।
बाँस्कोटाले त्यतिबेला भनेका थिए, “सीजीका सञ्चालकहरू भाग्यमानी हुनुहुन्छ। किनभने अरूले कम्पनी खडा गर्न जोखिम मोल्नुपर्छ। चुनौती लिनुपर्छ। तर, सरकारले ऋण काढीकाढी उहाँहरूलाई अनुदान दिएको हो। तपाईंहरूले के गर्नुभयो ? १ करोड १८ लाख ६५ हजार डलरको के हुने हो ?”
बाँस्कोटाले यसो भन्नुको कारण थियो चौधरीले एसटीएम टेलिकम खरिद गरेर सीजी टेलिकम बनाएका थिए। सरकारले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्नको लागि भनेर एसटीएमलाई १ करोड १८ लाख ६५ हजार डलर वैदेशिक ऋण लिएर अनुदान दिएको थियो। चौधरीले कम्पनीको स्वामित्व खरिद गर्दा अनुदानको विषय पनि सरेर आउने तर्क बाँस्कोटाको थियो। चौधरीको उक्त कम्पनीले सरकारी अनुदान दुरूपयोग गरेको बाँस्कोटाले बताउँदै आएका थिए।
आज संसद्मा बाँस्कोटा भन्दा पहिला विनोद चौधरीले बजेटको सिद्धान्त र प्राथमिकतामा आफ्ना धारणा राखे। चौधरीले कोरोनाको महामारी धान्नको लागि सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
अमेरिका र युरोपमा ठूलो आकारमा राहतको कार्यक्रम आएको र नेपालमा भने त्यस्तो हुन नसकेको चौधरीको भनाइ थियो। निजी क्षेत्रलाई लैनो गाईसँग तुलना गर्दै चौधरीले भनेका थिए, “अहिले गोठमा रहेको लैनो गाई बिरामी परेको छ। यसलाई बचाउन सकियो भने केही दिनमै साँझ–बिहान दूध दिन सक्छ।”
चौधरीले बोलेको केहीबेरपछि संसद्मा बाँस्कोटाको बोल्ने पालो आयो। आफ्नो धारणा राख्ने क्रममा उनले सरकारको बचाउ गरे र अर्थमन्त्रीले पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकता समय सापेक्ष भएको बताए। उनले भने, “आगोले पोलेको घाउ आगोमै सेकाउनुपर्छ। जुन क्षेत्रमा चुनौती सिर्जना भएको छ, त्यसलाई चलायमान बनाउने गरी बजेटको सिद्धान्त र प्राथमिकता आएको छ। यो ठीक छ।”
त्यसपछि बाँस्कोटा निजी क्षेत्रको विषयमा बोले। उनले भने, “निजी क्षेत्रलाई सँगै लिएर हिँड्नका लागि निजी क्षेत्र पनि इमान्दार हुनुपर्छ। अनुदानको रकम पाउँदा पनि दुरूपयोग गर्ने निजी क्षेत्रलाई सँगै लिएर जान सकिँदैन।”
उनले अनुदानको रकम दुरूपयोग गरेको भनेर व्यवसायी सांसद विनोद चौधरीलाई इंगित गरेका थिए।
" /> काठमाडौं। संघीय संसद्को प्रतिनिधि सभाको बैठकमा पूर्वबजेट छलफल चलिरहेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा सांसदहरूले आफ्नो विचार राखिरहेका छन्।पूर्वबजेट छलफलमा सांसद एवं व्यवसायी विनोद चौधरीमाथि कमिसन अडियो प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट बाहिरिएका सांसद गोकुल बाँस्कोटाले रोष प्रकट गरेका छन्।

">