काठमाडौं। विभिन्न कारणले विदेशमा मृत्यु भएका नेपालीको त्यहीँ अन्तिम संस्कारको लागि अनुमति दिन सरकारले मृतकका परिवारसँग अनुरोध गरेको छ।
अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विभिन्न कारणले विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन सकिएको छैन।
त्यसरी, विदेशमै अत्येष्टि गर्दा सम्बन्धित परिवारलाई राहत र सान्त्वनास्वरूप ५० हजार रूपैयाँ दिने वैदेशिक रोजगार बोर्डको सचिवालयले बताएको छ।
बैदेशिक रोजगारीमा रहँदा विभिन्न कारणले विभिन्न कारणले मृत्यु भएका १०० भन्दा बढी नेपालीको शव विदेशमा अलपत्र छ।
विदेशमा मृत्यु भएका नेपालीलाई सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गर्न परिवारले सहमती दिएमा बैदेशिक रोजगार बोर्डको सचिवालयबाट कामदारको नजिकको हकदारलाई ५० हजार रूपैयाँ सान्त्वना/राहत स्वपद दिने निर्णय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २८ वैशाखमा गरेको हो।
सोही निर्णय अनुसार सचिवालयले आज प्रकाशन गरेको सूचनामा भनिएको छ, “वैदेशिक रोजगारीको क्रममा विविध कारण्ले मृत्यु भएका कामदारको शव लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले नेपाल ल्याउन नसकिएको परिस्थिति छ। मृतकको परिवारले लामो अवधिसम्म शव नेपाल ल्याउने प्रतिक्षा गर्नुपर्दा थप पीडामा बस्नुपर्ने बाध्यता छ।”
मृतक कामदारको शव सम्बन्धित मुलुकमा नै अन्तिम संस्कारको लागि नजिकको हकदारको तर्फबाट सहमतीपत्र सम्बन्धित जिल्ला प्रशासन कार्यलयमार्फत पठाउन बोर्डको सचिवालयले मृतकका परिवारलाई अनुरोध गरेको छ।
अन्तर्राष्ट्रिय उडान सुचारू भएपछि विदेशमा मृत्यु हुनेका लागि पनि यस्तो राहत उपलब्ध नहुने बैदेशिक रोजगार बोर्डले बताएको छ।
" /> काठमाडौं। विभिन्न कारणले विदेशमा मृत्यु भएका नेपालीको त्यहीँ अन्तिम संस्कारको लागि अनुमति दिन सरकारले मृतकका परिवारसँग अनुरोध गरेको छ।

">