काठमाडौं। नवगठित जनता समाजवाद पार्टी नेपालले विधानको मस्यौदा र पार्टीको घोषणापत्र तयार पारेको छ।
समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ र नवराज सुवेदी तथा राजपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको मस्यौदा समितिले पार्टीको घोषणापत्र र विधानको मस्यौदालाई अन्तिम रूप दिएको हो।
समाजवादी पार्टीको तर्फबाट मस्यौदा समितिमा रहेका नवराज सुवेदीले विधान र पार्टीको घोषणापत्र तयार पारेर शीर्ष नेतृत्वलाई बुझाएको देखापढीलाई बताए।
उनले भने, “आज विधानको मस्यौदा र घोषणापत्रलाई अन्तिम रूप दिएर शीर्ष नेतृत्वलाई बुझाएका छौं, अब निर्वाचन आयोगमा बुझाउने समय छिट्टै तोकिनेछ।”
निर्वाचन आयोगको राजनीतिक दल सम्बन्धी कानून अनुसार एकता घोषणा भएको ४५ दिन विधानलगायत आवश्यक सबै प्रक्रिया पूरा गरेर दर्ता भइसक्नुपर्छ।
जनता समाजवादी पार्टीमा चार तहको संगठनको स्वरूप बनाउनेबारे छलफल भएको छ। पार्टीमा सबैभन्दा माथि सचिवालय, दोस्रोमा पदाधिकारी समिति, तेस्रोमा पोलिटब्यूरो र चाैंथोमा केन्द्रीय समिति हुनेछन्।
पदाधिकारी समिति ५१ सदस्यीय हुनेछ भने न्यूनतम १०१ सदस्यीय पोलिटब्यूरो सदस्यीय हुनेछ।
पार्टीमा नेताहरूको मर्यादाक्रम अहिलेसम्म नतोकिएको मस्यौदा समिति सदस्य सुवेदीले बताए।
मर्यादाक्रमबारे शीर्ष नेतृत्वलाई नै जिम्मा दिएको छ। पार्टीको शासकीय स्वरूप कस्तो हुन्ने भन्नेबारे पनि टुंगो लागेको छैन। प्रत्यक्ष कार्यकारी प्रणाली अपनाउने वा संसदीय प्रणाली भन्ने महाधिवेशनबाट टुंग्याइनेछ।
साविक राजपाले संसदीय प्रणाली अपनाएको छ भने समाजवादी पार्टीले प्रत्यक्ष कार्यकारी अपनाएको छ।
जसपाको पहिलो केन्द्रीय समिति बैठकमा सहमति भएका विषय प्रस्तुत गर्ने र नटुंगिएको विषयमा व्यवस्थित ढङ्गले छलफल चलाउने तयारी भएको छ।
लकडाउन खुलेपछि केन्द्रीय समिति बस्ने जसपाले जनाएको छ।
" /> काठमाडौं। नवगठित जनता समाजवाद पार्टी नेपालले विधानको मस्यौदा र पार्टीको घोषणापत्र तयार पारेको छ।समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ र नवराज सुवेदी तथा राजपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको मस्यौदा समितिले पार्टीको घोषणापत्र र विधानको मस्यौदालाई अन्तिम रूप दिएको हो।

">