विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोभिड-१९ विरुद्ध प्रदेश सरकारको राम्रो तयारी भएका कारण संक्रमण जोखिम घट्दै गएको भएपनि सचेत भने हुनुपर्ने बताएका छन्।
हिजो, २९ वैशाखमा भिडिओ सन्देशमार्फत् मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमणको जोखिम र नियन्त्रणमा लकडाउन पालनाले सहयोग पुगेकोले अझै धैर्य गर्न आग्रह गरे।
प्रदेश १ बाट कोरोनामुक्त भएका १६ जनालाई बधाई दिँदै राईले पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्। उनले कोरोनाको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगायत सबैमा धन्यबाद पनि दिएका छन्।
यस प्रदेशमा कूल ३५ जना संक्रमित पाइएकोमा बाँकी १९ जना कोशी अस्पतालमा उपचाररत् छन्। उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
पीसीआर प्रविधिबाट तीन ठाउँमा स्वाब परीक्षण हुन थालेसँगै कोरोना परीक्षणको दायरा बढेको भन्दै मुख्यमन्त्री राईले पीसीआर प्रविधिबाट २२ सय बढीको र आरडीटिबाट ८ हजार बढीको परीक्षण भइसकेको जानकारी दिए।
अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सबै ठाउँ पुगेको र आवश्यक स्वास्थ्य सामग्री मौज्दात पनि रहेकोले कोरोना विरुद्ध सहज रुपमा लड्न सकिने भएकाले नआत्तिन उनले आग्रह गरेका छन्।
" /> विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोभिड-१९ विरुद्ध प्रदेश सरकारको राम्रो तयारी भएका कारण संक्रमण जोखिम घट्दै गएको भएपनि सचेत भने हुनुपर्ने बताएका छन्।हिजो, २९ वैशाखमा भिडिओ सन्देशमार्फत् मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमणको जोखिम र नियन्त्रणमा लकडाउन पालनाले सहयोग पुगेकोले अझै धैर्य गर्न आग्रह गरे।

">