संसद बैठक : पूर्वबजेट छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं। संसदको आजको बैठकमा पनि पूर्वबजेटमाथिको छलफल निरन्तरताको कार्यसूची छ।

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेदेखि बस्दैछ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको २०७७/७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा आज बैठकमा छलफल हुने कार्यसूची छ।

यसमा उठेका प्र‍श्‍नहरूको अर्थमन्त्रीले जवाफ दिने संघीय संसदका महासचिव डा. भरतरात गौतमले बताएका छन्।

अर्थमन्त्री खतिवडाले बजेट अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको बजेट मुलतः कोभिड-१९ ले असर पारेको क्षेत्रको पुनरूत्थानमा केन्द्रित हुने बताएका थिए।

स्वास्थ्य पूर्वाधार विकासमा विशेष ध्यान दिने, समाजवाद उन्मुख आर्थिक प्रणाली स्थापना गर्ने र नागरिकको तीब्र विकासको अपेक्षालाई ध्यान दिएर आगामी बजेट बनाउने मन्त्री खतिवडाको प्रतिवद्धता थियो।

प्रतिक्रिया दिनुहोस्