काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको भिषाको म्याद सकिएकै कारण कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन्।
संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिको हिजोको बैठकमा मन्त्री ज्ञवालीले विदेशमा कोरोना संक्रमित नेपालीलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएको जानकारी गराए।
उनले भने “खानेबस्ने प्रबन्ध मुख्यरूपमा रोजगारदाताले गरेका छन्, केही ठाउँमा रोजगारदाता भागेको अवस्थामा गैरआवासीय नेपाली संघ, स्थानीय च्यारेटी संघ र दूतावास मिलेर सक्दो सहयोग गराइरहेका छन् । प्रवेशाज्ञाको म्याद सकिए पनि कानूनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको छ ।”
कोभिड-१९ का कारण बिस्तारै रोजगारी गुमाउनेको संख्या बढ्दै गएको बताउँदै मन्त्री ज्ञवालीले नेपालीहरुले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत रहेको बताए।
कोरोनाको महामारीपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कने नेपालीको सङ्ख्या पाँच लाख ८८ हजार ७०० हुनसक्ने अनुमान गरिएको बैठकमा जानकारी गराइएको छ।
खाडी मुलुकबाट तीन लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ। तीमध्ये तत्काल ल्याउनु पर्ने दुई लाख १० हजार ८७१ रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो।
विश्वका १२ मुलुकमा श्रम सम्भौताका आधारमा रोजगारीका लागि गएका नेपालीको सङ्ख्या १२ लाख ११ हजार ९२४ रहेको छ। वैदेशिक रोजगारीमा घरमा काम गर्न विभिन्न माध्यमबाट गएकाहरूको भने यकिन तथ्यांक छैन। रासस
" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको भिषाको म्याद सकिएकै कारण कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन्।संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिको हिजोको बैठकमा मन्त्री ज्ञवालीले विदेशमा कोरोना संक्रमित नेपालीलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएको जानकारी गराए।

">