वैज्ञानिकले पत्ता लगाए पृथ्वीबाट नजिकको ब्ल्याकहोल <p>लन्डन । खगोलविद्हरूले एक हजार प्रकाश वर्ष टाढा एक ब्ल्याकहोल फेला पारेका छन् । यो पृथ्वीबाट सबैभन्दा नजिकको ब्ल्याकहोल रहेको उनीहरूको भनाइ छ ।</p> <p>&lsquo;कन्क्स्टेलेसन टेलिस्कोपियम&rsquo;को मद्दतबाट उक्त ब्ल्याक होलको तस्वीर खगोलविद्ले खिचेका हुन् । सौर्य मण्डलबाट यो धेरै नजिक पनि छैन । तर, अर्को सौर्य मण्डलको ढोकाझैं लाग्&zwj;ने गरी अन्तरिक्षमा अवस्थित छ ।</p> <p>बीबीसीका अनुसार यस ब्ल्याक होलसँग दुईवटा ताराको सम्बन्ध देखिएको छ । तीमध्ये एउटाले ब्ल्याक होलकै परिक्रमा गर्छ भने अर्कोले ब्ल्याक होलको भित्री भागको परिक्रमा गर्छ ।</p> <p>एचआर ६८१९ नामकरण गरिएको ताराहरूको समूहको अध्ययनका क्रममा खगोलविद्हरूले यो ब्ल्याक होल पत्ता लगाएका हुन् । दक्षिणी आकाश स्पष्&zwj;ट खुलेको समयमा एचआर ६८१९ लाई दूरबिन या टेलिस्कोपको सहयोगबिना नै नांगो आँखाले देखिन्छ । तर, सूर्यको पछाडिको भागमा पर्ने भएकाले सहजै देख्&zwj;न भने सकिँदैन ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्