काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या तय गरेको छ । चिकित्सा शिक्षा आयोगको आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि मेडिकल कलेजहरुको नयाँ सिट निर्धारण गरेको हो ।
काउन्सिलका अनुसार काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले (एमबिबीएस १०० र बिडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले (एमबिबीएस ६५), काठमाडौं स्कूल अफ मेडिसीन धुलिखेलले (एमबिबीएस ८५ र बिडीएस ५०), नोबेल मेडिकल कलेजले (एमबिबीएस १०० र बिडीएस ३५) सिट प्राप्त गरेका छन् ।
यसैगरी विराट मेडिकल कलेजले (एमबिबीएस ७५), काठमाडौं मेडिकल कलेजले (एमबिबीएस १०० र बिडीएस ५०), नेपाल मेडिकल कलेजले ( एमबिबीएस १०० र बिडीएस ५०), कलेज अफ मेडिकल साइन्सेसले ( एमबिबीएस १०० र बिडीएस ५०) र लुम्बिनी मेडिकल कलेजले ( एमबिबीएस १००) सिट प्राप्त गर्दा नेपालगन्ज मेडिकल कलेजले (एमबिबीएस १००), मनिपाल मेडिकल कलेजले (एमबिबीएस १००), देवदह मेडिकल कलेजले ( एमबिबीएस ५०) र कान्तिपुर डेन्टल कलेजले (बिडीएस ५०) सिट पाएको पनि काउन्सिलले जानकारी दिएको छ ।
" /> काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या तय गरेको छ । चिकित्सा शिक्षा आयोगको आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि मेडिकल कलेजहरुको नयाँ सिट निर्धारण गरेको हो ।काउन्सिलका अनुसार काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले (एमबिबीएस १०० र बिडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले (एमबिबीएस ६५), काठमाडौं स्कूल अफ मेडिसीन धुलिखेलले (एमबिबीएस ८५ र बिडीएस ५०), नोबेल मेडिकल कलेजले (एमबिबीएस १०० र बिडीएस ३५) सिट प्राप्त गरेका छन् ।

">