संक्रमित भेटिएको सप्तरीको हटैल गाउँ 'सिल' गरियो

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ मा हिजो फेला परेका कोरोना भाइरस संक्रमित युवकको गाउँलाई 'सिल' गरिएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले संक्रमणको जोखिम रोक्न डाक्नेश्वरी नगरपालिका-३ हटैलटोल र आसपास क्षेत्रलाई 'सिल' गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए।

९ वैशाखमा चितवनबाट घर आएका १८ वर्षीय युवकमा २९ वैशाखमा कोभिड-१९ पुष्‍टि भएको हो।

लकडाउनको समयमा घर आएका उनीसहित १३ जनालाई कन्तचन्द्र मावि पातोको क्वारेन्टाइनमा थिए।

अहिले ती युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

२५ वैशाखमा उनको स्वाब संकलन गरिएको थियो।

रिपोर्ट नआउँदै क्‍वारेन्टाइनबाट सिधै घर गएका युवकको पछि रिपोर्ट आउँदा पोजिटिभ देखिएको हो।

यसैबीच उनका परिवारसहित उनको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले बताए।

उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति तथा उनका परिवारजनसहित उनीसँग सम्पर्कमा आएका अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने छ। रासस

प्रतिक्रिया दिनुहोस्