बाँकेका पहिलो संक्रमितको दोस्रो परीक्षण नतिजा पनि पोजिटिभ

कोहलपुर। बाँकेका पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो पटक गरिएको कोभिड-१९ परीक्षण नतिजा पोजिटिभ देखिएको छ।

नेपालगञ्‍ज उपमहानगरपालिका-७ निवासी ६० वर्षीय संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्‍जका मेसु डा. प्रकाश थापाले बताए।

पहिलो परीक्षणमा संक्रमण पुष्‍टि भएको र त्यसको सात दिनपछि गरिएको पुनः परीक्षणमा पनि रिपोर्ट पोजिटिभ नै आएको थापाको भनाई छ।

उनीसहित नेपालगञ्‍जका संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा. पारस खड्काले जानकारी दिए।

नेपालगञ्‍जमा सात वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिलाई कोभिड-१९ देखिएको छ।

नेपाल-भारत नाका जमुनाहलगायत खुला सीमाबाट लुकिछिपी नेपाल आवतजावत हुन नदिन निगरानीलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। रासस

प्रतिक्रिया दिनुहोस्