थप ५७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं। आज एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ।

नेपालमा एकै दिन यति धेरै संख्यामा कोभिड-१९ का बिरामी फेला परेको यो पहिलो पटक हो।

योसँगै नेपालमा संक्रमितको संख्या १९१ जना पुगेको छ।

टेकुस्थित राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा सबैभन्दा धेरै पर्सामा ३९ जना पोजिटिभ पाइएको छ।

त्यस्तै रुपन्देहीमा ९, कपिलवस्तुमा ८ र बारामा एक १ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले केही बेरअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सबै ५७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा संक्रमित भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्केका छन्।

प्रतिक्रिया दिनुहोस्