काठमाडौं । हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका तर फरार रहेका दुई जना सिरहामा पक्राउ परेका छन् । हातहतियार खरखजाना मुद्दामा सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ का २८ वर्षीय चन्देश्वर महरा गएराति पक्राउ परेका हुन् ।
आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा दुवैलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । हातहतियार खरखजाना मुद्दामा सिरहा जिल्ला अदालतबाट यादवलाई ६ महीना कैद र ६० हजार रुपैयाँ जरिवाना तथा डाँका मुद्दामा फरार महरालाई ५ वर्ष ११ महीना ४ दिन कैद र दुई लाख ४७ हजार ३५० रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
" /> काठमाडौं । हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका तर फरार रहेका दुई जना सिरहामा पक्राउ परेका छन् । हातहतियार खरखजाना मुद्दामा सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ का २८ वर्षीय चन्देश्वर महरा गएराति पक्राउ परेका हुन् ।आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा दुवैलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । हातहतियार खरखजाना मुद्दामा सिरहा जिल्ला अदालतबाट यादवलाई ६ महीना कैद र ६० हजार रुपैयाँ जरिवाना तथा डाँका मुद्दामा फरार महरालाई ५ वर्ष ११ महीना ४ दिन कैद र दुई लाख ४७ हजार ३५० रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
">