मुम्बईबाट फर्केर लुकिछिपी नेपाल आएका थिए कपिलवस्तुका नयाँ संक्रमित ८ जना

काठमाडौं। कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका आठजना पनि लुकेरै नेपाल प्रवेश गरेको पाइएको छ।

यी आठजना पनि भारतको महाराष्ट्र राज्यको मुम्बईबाट नै आएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

उनीहरूलाई बुटवलस्थित् कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको छ। आठैजना साता दिनअघि लुकिछिपी नेपाल प्रवेश गरेका हुन्।

टेकुस्थित् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको थियो।

यसअघि कपिलवस्तुमा संक्रमण पुष्टि भइसकेका व्यक्तिहरू पनि भारतको मुम्बईबाट नै नेपाल प्रवेश गरेका थिए।

आज एकैदिन ५७ जनामा संक्रमण देखिएको हो। सबैभन्दा धेरै पर्सामा ३९ जना पोजिटिभ पाइएको छ।

त्यस्तै, रुपन्देहीमा ९ र बारामा एक १ जना संक्रमित फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस्