सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गरिरहेका २२ अधिकारकर्मी नियन्त्रणमा <p>काठमाडौं। भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरिरहेका २२ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।&nbsp;</p> <p>केहीबेरअघि लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।&nbsp;</p> <p>नियन्त्रणमा लिइएका अधिकारकर्मीहरूमा कृष्&zwj;ण पहाडी, उत्तम पुडासैनी, बटुकृष्&zwj;ण ढुंगेल, बलबहादुर गाहा मगर, रामकृष्&zwj;ण बराल, गीता तिमल्सिना, जगन्नाथ पुडासनैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरि श्रेष्&zwj;ठ, उमा गौतम, लक्ष्&zwj;मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरि ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धीरेन पुन छन्।&nbsp;</p> <p>मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको हो। उनीहरू सबैलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्