सेती अस्पतालका नर्सहरूले मनाए नर्सिङ दिवस <p>कैलाली। सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्सहरूले पनि आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएका छन्।</p> <p>कार्यक्रममा विश्व कोरोना महामारीको चपेटामा परेका बेला अग्रभावमा रही कोरोना उपचारमा संलग्न सम्पूर्ण नर्सहरूप्रति उच्च सम्मान गर्दै मृत्युवरण गर्ने नर्सहरूमा श्रद्धाञ्जली व्यक्त गरिएकाे थियाे।</p> <p>नेपाल नर्सिङ संघ कैलाली शाखाले आयोजना गरेको कार्यक्रममा सिनियर नर्स मन्जु केसीले बिरामीको सेवामा सदैव अग्रभागमा रही सेवा गर्ने नर्सहरूप्रति राज्यले उच्च सम्मान दिनुपर्ने बताइन्।</p> <p>नर्सहरूको आमा भनेर चिनिने &#39;फ्लोरेन्स नाइटेंगल&#39; को सम्झनामा प्रत्येक वर्ष १२ मे का दिन अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्