काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सीमा अतिक्रमणविरुद्ध सांसदहरूले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले नेपाली भुमिमाथिको भारतीय अतिक्रमणविरुद्ध प्रभावकारी कदम चाल्न र सीमा विवादको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका थिए।
शून्य समयमा सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि सभामुख सापकोटाले ती विषयमा सरकारको विशेष ध्यानाकर्षण गराएका हुन्।
“माननीय सदस्यहरूले शून्य समयमा बहुआयामिक महत्वका प्रश्नहरू उठाउनुभएको छ। यी प्रश्नहरूमा नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँछु”, सभामुख सापकोटाले भने।
आगामी आर्थिक वर्ष २०७७/०७८ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहेको भएपनि संवेदनशील विषय भएकाले भारतीय अतिक्रमणविरुद्ध धारणा राख्न सभामुखले सांसदहरूलाई शून्य समयमा समय दिएका थिए।
शून्य समयमा धारणा राख्ने अधिकांश सांसहरूले सीमाविवाद समाधानका लागि चीन समेतको त्रिदेशीय वार्ता गर्न र समाधान नभए अन्तर्राष्ट्रिय अदालत जान सरकारलाई सुझाएका थिए।
" /> काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सीमा अतिक्रमणविरुद्ध सांसदहरूले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले नेपाली भुमिमाथिको भारतीय अतिक्रमणविरुद्ध प्रभावकारी कदम चाल्न र सीमा विवादको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका थिए।

">