काठमाडौं। नेपालबाट निर्यात हुने पाम तेल खरिदमा भारतले फेरि रोक लगाएको छ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले २९ वैशाखमा सूचना जारी गर्दै नेपाल र बंगलादेशबाट निर्यात हुने पाम तेलको आयातमा रोक लगाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले भारतले पाम तेलको आयातमा रोक लगाएको सूचना आएको बताए।
उनले आगामी दिनमा चाल्ने कदमको रणनीति तयार गर्न आज विहान मन्त्रालयमा छलफल भएको उनले बताए।
यसअघि भारतले वैदेशिक व्यापार नीति संशोधन गर्दै गत वर्षको २३ पुसदेखि पाम तेलको आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसबेला भारतमा पाम तेलको निर्यात गर्दै आएका सबै देशबाट पाम आयल खरिदमा रोक लगाइएको थियो।
त्यसको एक महीनापछि २५ माघमा भारतले नेपाल र बंगलादेशबाट लागि पाम तेलको आयात खुल्ला गरेको थियो।
त्यसबेला भारतले भारतले विदेशबाट पाम तेल आयात गर्ने व्यापारीलाई लाइसेन्स दिने व्यवस्था गरेको थियो।
तर, २९ बैशाखमा जारी गरेको सूचनाअनुसार, यसअघि दिइएको लाइसेन्स पनि रद्द भएको बताइएको छ।
चालु आवमा नेपालबाट भारतमा निर्यात हुने बस्तुमध्ये सबैभन्दा बढीमा मूल्यको पाम आयल निर्यात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ९ महीनाको अवधिमा नेपालबाट भारततर्फ १६ अर्ब ७८ करोड रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको छ।
यस्तै, यस अवधिमा २ करोड ४८ लाख २७ हजार रुपैयाँको कच्चा पाम तेल निर्यात भएको छ।
नेपाली व्यापारीहरुले मलेसिया, इण्डोनेशिया र सिंगापुर तथा थाइल्याण्ड लगायतका मुलुकबाट पाम तेलको कच्चा पदार्थ ल्याँउछन्।
अन्य मुलुकबाट कच्चा तेल ल्याएर नेपालमा प्रशोधन गर्ने गरेको र मूल्य वृद्धि गरेपछि दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा)को नियमअनुसार भारतमा निर्यात गर्दै आइरहेको उनीहरुको तर्क छ।
तर, भारतले भने पाम तेलको मूल्य अभिवृद्धि भएको भन्ने नेपाली पक्षको भनाइमा बारम्बार शंका गर्दै आइरहेको छ।
" /> काठमाडौं। नेपालबाट निर्यात हुने पाम तेल खरिदमा भारतले फेरि रोक लगाएको छ।भारतको वैदेशिक व्यापार महानिर्देशनालयले २९ वैशाखमा सूचना जारी गर्दै नेपाल र बंगलादेशबाट निर्यात हुने पाम तेलको आयातमा रोक लगाएको हो।

">