काठमाडौं । काभ्रेमा वर्षौंदेखि अवैधानिक (मापदण्ड विपरीत) रुपमा सञ्चालित क्रसर तथा रोडा–ढुङ्गा खानीको न्यूनतम मापदण्ड तोकिदिन सिफारिश गरिएको छ । जिल्ला समन्वय समितिले जिल्लामा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको अनुगमन प्रतिवेदनका आधारमा न्यूनतम मापदण्ड तोकिदिन प्रदेश नं ३ स्थित वन पर्यटन तथा उद्योग मन्त्रालयलाई सिफारिश गरेको हो ।
सिफारिशसँगै क्रसर तथा खानीको हालको अवस्थासमेत जानकारी गराइएको जिसस प्रमुख उद्धव केसीले जानकारी दिए । “क्रसर–खानीको वस्तुगत स्थितिसहित जिल्लामा भौगोलिक अवस्था अनुकूल न्यूनतम मापदण्ड तोकिदिन सिफारिशसहित जानकारी पत्र पठाएका छौँ”, जिससप्रमुख केसीले भने । केसीका अनुसार जिल्लास्थित विभिन्न स्थानमा सञ्चालित सबै क्रसर उद्योग तथा रोडा–ढुङ्गा खानी मापदण्डविपरीत अवैधानिक रुपमा सञ्चालन हुँदै आएका छन् । रासस
" /> काठमाडौं । काभ्रेमा वर्षौंदेखि अवैधानिक (मापदण्ड विपरीत) रुपमा सञ्चालित क्रसर तथा रोडा–ढुङ्गा खानीको न्यूनतम मापदण्ड तोकिदिन सिफारिश गरिएको छ । जिल्ला समन्वय समितिले जिल्लामा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको अनुगमन प्रतिवेदनका आधारमा न्यूनतम मापदण्ड तोकिदिन प्रदेश नं ३ स्थित वन पर्यटन तथा उद्योग मन्त्रालयलाई सिफारिश गरेको हो ।सिफारिशसँगै क्रसर तथा खानीको हालको अवस्थासमेत जानकारी गराइएको जिसस प्रमुख उद्धव केसीले जानकारी दिए । “क्रसर–खानीको वस्तुगत स्थितिसहित जिल्लामा भौगोलिक अवस्था अनुकूल न्यूनतम मापदण्ड तोकिदिन सिफारिशसहित जानकारी पत्र पठाएका छौँ”, जिससप्रमुख केसीले भने । केसीका अनुसार जिल्लास्थित विभिन्न स्थानमा सञ्चालित सबै क्रसर उद्योग तथा रोडा–ढुङ्गा खानी मापदण्डविपरीत अवैधानिक रुपमा सञ्चालन हुँदै आएका छन् । रासस
">