नेताहरुको कोभिड-१९ परीक्षण नभएकाले नेकपा स्थायी कमिटी बैठक स्थगित
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आजका लागि बोलाइएको बैठक स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि तय गरिएको थियो।
नेकपाका स्थायी समितिका सदस्य डा. भीम रावलकै सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मीमा कोभिड-१९ देखिएको छ।
सांसदहरूको कोरोना परीक्षण गरिएपनि नेकपाका स्थायी समिति सदस्यको भने परीक्षण भएको छैन।
"स्थायी कमिटीमा रहनुभएका सबैजनाको कोरोना परीक्षण गर्ने नेताहरूको निष्कर्ष अनुसार स्थगित गरिएको हो" नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्