घरमा गोली राख्‍ने वडा अध्यक्ष धरौटीमा रिहा
म्याग्दी। हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन्।

म्याग्दी जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश दिएका हुन्।

उनी दुई लाख ५० हजार रूपैयाँ धरौटी बुझाएर छुटेको म्याग्दी जिल्ला अदालतका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताए।

जिल्ला सरकारी वकील कार्यालयले शेरपुजाविरुद्ध सात वर्ष कैद र ७० हजार जरिवानाको मागदाबी गरेको थियो ।

अध्यक्ष शेरपुजाले आफूसँग गोली रहेको स्टाटस फेसबुकमा राखेपछि प्रहरीले घर खानतलासी गरेको थियो।

३० चैत २०७६ मा घरमा खानतलासी गर्दा प्रहरीले एक थान बाह्रबोरको गोली बरामद गरेको थियो ।

शेरपुजा २०७४ वैशाखको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विजय भएका थिए।

फौजदारी अभियोग लागेकाले अदालतबाट अन्तिम फैसला नहुँदासम्म उनको पद निलम्बन हुने कानूनी व्यवस्था छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्