शेयर बजारमा नेगेटिभ सर्किट

काठमाडौं। शेयर बजारमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ।

कारोबार शुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनट नपुग्दै दुई प्रतिशतले घटेर बन्द भएको छ।

नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए एक दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ। सोहीअनुसार आज पनि बन्द हुने समयअघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो।

नेप्से परिसूचक दुई प्रतिशत अर्थात २४ दशमलव ५८ अंकले घटेर एक हजार दुई सय एक दशमलव ५७ अंकमा बन्द भएको छ। सेन्सेटिभ परिसूचक पनि दुई दशमलव शून्य एक प्रतिशतले घटेको छ।

यस्तै, ७४ वटा कम्पनीको दुई सय ११ करोबारबाट ३६ लाख १३ हजार पाँच सय २३ रुपैयाँ बराबरको १० हजार ५ सय २६ कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका ११ वटै समूहका सूचकहरू घटेका छन्। यस्तै, कारोबार भएका सबै कम्पनीको शेयर मूल्य पनि घटेको छ। सबैभन्दा धेरै कारोबार नेपाल टेलिकमको आठ लाख ६२ हजार नौ सय ५० रुपैयाँको भएको छ। यस्तै, लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटेलका शेयरधनीले तीन प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्