नेकपा प्रवक्ता श्रेष्ठले भने-`मेरो सुरक्षामा भएका सुरक्षाकर्मी फिर्ता लैजानु´

काठमाडौं। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यको आवश्यकताका लागि जुनसुकै समयमा पनि आफूसित रहेका सुरक्षाकर्मीहरु फिर्ता लैजान भनेका छन्।

भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सीमा सुरक्षामा पठाउन माग भइरहँदा नेता श्रेष्‍ठले यस्तो भनेका हुन्।

आज ट्वीट गर्दै नेता श्रेष्ठले आफूले नियमित पछुवा प्रयोग गर्ने नगरेको र सुरक्षा खतरा महशुस नभएको बताएका छन्।

'राज्य सन्यत्रले त्यस्तो आंकलन गरेको छ भने पनि मेरो भन्दा राष्‍ट्रको सुरक्षा महत्त्वपूर्ण हुन्छ। त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ', उनले लेखेका छन्।

उनले यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमा समेत मागेका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठलाई १२ जना सुरक्षाकर्मी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्