“हाल नेपालमा कुल ६१ वटा उद्योग सिमेन्ट उद्योग छन्। ती मध्ये २१ वटाले खानीबाट चूनढुंगा उत्खनन् गर्छन्”, सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापा भन्छन्।

चूनढुंगा उत्खनन् गर्न पाउँदा आफूहरू हर्षित भएको थापाले बताए। त्यसरी खुशी हुनुका केही कारण छन्।

अधिकांश सिमेन्ट उद्योग र चूनढुंगाको खानीबीचको दूरी लामो छ। त्यसमाथि  खानीसम्म जाने बाटो कच्ची हुने भएकाले वर्षा सुरुभएपछि चूनढुंगा संकलन गर्न समस्या हुन्छ।

त्यसैले वर्षायाम शुरू हुनुअघि नै उद्योगहरूले आफूलाई आवश्यक पर्ने र अन्य उद्योगलाई बेच्न चाहिने चूनढुंगा संकलन गरिसक्नुपर्छ। त्यसैले नै उद्योगहरूले अघिल्ला वर्षमा आउने मंसीरसम्म पुग्नेगरी चूनढुंगा संकलन गरेर राख्ने गरेका थिए।

“तर, कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ११ चैतदेखि लकडाउनको घोषणा गरेपछि कच्चा पदार्थ संकलनको काम ठप्प भयो”, अध्यक्ष थापा सुनाउँछन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले बर्खा सुरु हुन केही समय मात्र बाँकी रहँदासम्म पनि चूनढुंगा संकलन भइनसकेकाले चिन्ता व्यक्त गरे।

उनले नेपालका सिमेन्ट उत्पादकहरूलाई अबको केही दिन भित्र नै आगामी ६ महीनाको लागि आवश्यक पर्ने सिमेन्टको कच्चा पदार्थ संकलन गरिसक्नुपर्ने चूनौती आएको बताए।

परनिर्भता बढ्ने खतरा

सिमेन्ट उद्योग संघका अनुसार सिमेन्टमा नेपाल आत्मनिर्भर भएको गत वर्ष नेपालमा एक करोड टन सिमेन्ट खपत भएको थियो।

गत वर्ष नै नेपालका सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता बढेर एक करोड ६० लाख टन पुगेको थियो।

गत वर्षको तथ्यांकअनुसार सबै उद्योगले उत्पादन गर्ने सिमेन्ट क्षमता बजारको मागभन्दा ६० लाख बढी छ।

तर, आगामी आर्थिक वर्षमा भने नेपाल सिमेन्टमा भारतसँग निर्भर हुनुपर्ने खतरा बढ्दै गएको उद्योगीहरू चिन्ता व्यक्त गर्छन्।

उनीहरूका अनुसार चूनढुंगा संकलन गरिसक्नुपर्ने सुनौला दिन (चैत र वैशाख)मा काम गर्न नपाइएकाले यस्तो चुनौती बढ्दै गएको उद्योगीहरू बताउँछन्।

“अब वर्षा सुरु हुँन बाँकी केही दिनमा पनि चूनढुंगा संकलन गर्न पाइएन भने आगामी वर्ष नेपालको उत्पादन क्षमता घट्ने छ”, मोर बताउँछन्।

उनले चूनढुंगा नै संकलन गर्न नपाए सिमेन्टमा गत वर्षको जस्तै आत्मनिर्भर रहन नसकिने बताए।

सिमेन्ट उद्योग संघका अध्यक्ष थापाले अर्को वर्ष नेपालमा हुने खपतको परिणाम बढे परनिर्भता बढ्ने निश्चित रहेको बताए।

वर्षभरि नै लकडाउन कायम रहेर निर्माण क्षेत्रका काम ठप्प भए माग घट्ने र उत्पादन पनि घट्दा खासै समस्या नआउने उनको भनाई छ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भए पनि सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चूनढुंगा, जिप्सम र कोइलाजस्ता कच्चा पदार्थ भने केही मात्रामा आयात हुँदै आएको छ।

चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा भारतबाट २ अर्ब ३९ करोड रुपैयाँको चूनढुंगा आयात भएको भन्सार विभागले बताएको छ।

बजार ठप्प रहेको अवस्थामा उद्योगबाट सिमेन्ट उत्पादन गर्न आवश्यक नरहेको सिमेन्ट उद्योग संघले जानकारी दिएको छ।

त्यसैले उद्योगहरूले पूर्ण क्षमतामा नभई आंशिक क्षमतामा सिमेन्ट उत्पादन थाल्ने तयारी गरेका छन्।

"> चूनढुंगा संकलनमा जोड दिँदै सिमेन्ट उद्योगी, नभए सिमेन्टमा परनिर्भर हुने जोखिम: Dekhapadhi
चूनढुंगा संकलनमा जोड दिँदै सिमेन्ट उद्योगी, नभए सिमेन्टमा परनिर्भर हुने जोखिम
काठमाडौं। ११ चैतदेखि जारी लकडाउन २६ वैशाखदेखि उद्योग-कलकारखाना चल्न दिनेगरी खुकुलो पार्ने निर्णय सरकारले गरेपछि सिमेन्ट उद्योगीहरू उत्साहि भए।

त्यसअघि करीब एक साता सिंहदरबारमा दौडधुप गरिरहेका उनीहरूको अनुहारमा हर्षका लहर दौडिए।

उद्योग खोलेर सिमेन्ट उत्पादन गरी बजार पठाउन पाइयो भनेर उनीहरू खुशी भएका भने होइनन्। बरु लकडाउन खुकुलो भएसँगै सिमेन्टको कच्चा पदार्थ चूनढुंगाको खानी सञ्चालन गर्न पाइने भएकाले उनीहरू उत्साही भएका हुन्।

नेपालमा रहेका सिमेन्ट उत्पादकमध्ये अधिकांशले आफैँ चूनढुंगाको खानी सञ्चालन गर्छन। चूनढुंगा उत्खनन् नगर्ने उद्योगले भने भारतबाट र नेपालमै खानी सञ्चालन गर्ने उद्योगबाट चूनढुंगा किनेर सिमेन्ट उत्पादन गर्दै आएका छन्।

“हाल नेपालमा कुल ६१ वटा उद्योग सिमेन्ट उद्योग छन्। ती मध्ये २१ वटाले खानीबाट चूनढुंगा उत्खनन् गर्छन्”, सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापा भन्छन्।

चूनढुंगा उत्खनन् गर्न पाउँदा आफूहरू हर्षित भएको थापाले बताए। त्यसरी खुशी हुनुका केही कारण छन्।

अधिकांश सिमेन्ट उद्योग र चूनढुंगाको खानीबीचको दूरी लामो छ। त्यसमाथि  खानीसम्म जाने बाटो कच्ची हुने भएकाले वर्षा सुरुभएपछि चूनढुंगा संकलन गर्न समस्या हुन्छ।

त्यसैले वर्षायाम शुरू हुनुअघि नै उद्योगहरूले आफूलाई आवश्यक पर्ने र अन्य उद्योगलाई बेच्न चाहिने चूनढुंगा संकलन गरिसक्नुपर्छ। त्यसैले नै उद्योगहरूले अघिल्ला वर्षमा आउने मंसीरसम्म पुग्नेगरी चूनढुंगा संकलन गरेर राख्ने गरेका थिए।

“तर, कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ११ चैतदेखि लकडाउनको घोषणा गरेपछि कच्चा पदार्थ संकलनको काम ठप्प भयो”, अध्यक्ष थापा सुनाउँछन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले बर्खा सुरु हुन केही समय मात्र बाँकी रहँदासम्म पनि चूनढुंगा संकलन भइनसकेकाले चिन्ता व्यक्त गरे।

उनले नेपालका सिमेन्ट उत्पादकहरूलाई अबको केही दिन भित्र नै आगामी ६ महीनाको लागि आवश्यक पर्ने सिमेन्टको कच्चा पदार्थ संकलन गरिसक्नुपर्ने चूनौती आएको बताए।

परनिर्भता बढ्ने खतरा

सिमेन्ट उद्योग संघका अनुसार सिमेन्टमा नेपाल आत्मनिर्भर भएको गत वर्ष नेपालमा एक करोड टन सिमेन्ट खपत भएको थियो।

गत वर्ष नै नेपालका सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता बढेर एक करोड ६० लाख टन पुगेको थियो।

गत वर्षको तथ्यांकअनुसार सबै उद्योगले उत्पादन गर्ने सिमेन्ट क्षमता बजारको मागभन्दा ६० लाख बढी छ।

तर, आगामी आर्थिक वर्षमा भने नेपाल सिमेन्टमा भारतसँग निर्भर हुनुपर्ने खतरा बढ्दै गएको उद्योगीहरू चिन्ता व्यक्त गर्छन्।

उनीहरूका अनुसार चूनढुंगा संकलन गरिसक्नुपर्ने सुनौला दिन (चैत र वैशाख)मा काम गर्न नपाइएकाले यस्तो चुनौती बढ्दै गएको उद्योगीहरू बताउँछन्।

“अब वर्षा सुरु हुँन बाँकी केही दिनमा पनि चूनढुंगा संकलन गर्न पाइएन भने आगामी वर्ष नेपालको उत्पादन क्षमता घट्ने छ”, मोर बताउँछन्।

उनले चूनढुंगा नै संकलन गर्न नपाए सिमेन्टमा गत वर्षको जस्तै आत्मनिर्भर रहन नसकिने बताए।

सिमेन्ट उद्योग संघका अध्यक्ष थापाले अर्को वर्ष नेपालमा हुने खपतको परिणाम बढे परनिर्भता बढ्ने निश्चित रहेको बताए।

वर्षभरि नै लकडाउन कायम रहेर निर्माण क्षेत्रका काम ठप्प भए माग घट्ने र उत्पादन पनि घट्दा खासै समस्या नआउने उनको भनाई छ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भए पनि सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चूनढुंगा, जिप्सम र कोइलाजस्ता कच्चा पदार्थ भने केही मात्रामा आयात हुँदै आएको छ।

चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा भारतबाट २ अर्ब ३९ करोड रुपैयाँको चूनढुंगा आयात भएको भन्सार विभागले बताएको छ।

बजार ठप्प रहेको अवस्थामा उद्योगबाट सिमेन्ट उत्पादन गर्न आवश्यक नरहेको सिमेन्ट उद्योग संघले जानकारी दिएको छ।

त्यसैले उद्योगहरूले पूर्ण क्षमतामा नभई आंशिक क्षमतामा सिमेन्ट उत्पादन थाल्ने तयारी गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्