काठमाडौं। ११ चैतअघि होटल, रेष्टुरेण्टमा कत्तिको जानुहुन्थ्यो ? कम्तीमा पनि दिनको एकपटक हैन त ? शहरिया जीवनशैलीसँग होटल, रेष्टुरेण्ट, चिया पसल र क्याफे अभिन्नरूपमा जोडिएका छन्।
साथीभाइसँग भेट्न होस् वा भोक मेट्न सहज गन्तव्य हुन् होटल-रेष्टुरेण्ट। साँझपख भरिभराउ हुने बार र रेष्टुरेण्ट पनि यसैमध्ये पर्छन्। तर, विश्वव्यापी महामारी कोभिड-१९ सँग जुध्न लागू गरिएको लकडाउनका कारण यो क्षेत्र अहिले ठप्प छ।
‘रेष्टुरेन्ट एन्ड बार एशोसिएसन नेपाल’का अनुसार साना, मझौला र ठूला गरी देशभर ४५ हजारभन्दा बढी होटल र रेष्टुरेण्ट छन्। लकडाउनका कारण बन्द भएपछि यस क्षेत्रका सबैजसो कर्मचारी बेरोजगार बनेका छन्। तर, सरकारसँग नेपालमा होटल तथा रेष्टुरेण्टको संख्या र त्यसमा कार्यरत कर्मचारीको निश्चित तथ्यांक छैन।
लकडाउनका कारण होटल-रेष्टुरेण्ट व्यवसायी र त्यसमा कार्यरत श्रमिक त प्रभावित भएका छन् नै, सिंगो अर्थचक्रमा पनि त्यसको असर परेको छ। खासगरी होटल-रेष्टुरेण्टसँग प्रत्यक्ष जोडिने ६ वटा क्षेत्रमा सबैभन्दा बढी असर परेको छ।
खाद्यान्न
होटल तथा रेष्टुरेन्टमा सबैभन्दा बढी माग हुुने वस्तु हो खाद्यान्न। चामल, पीठो, तेल, चिनी, नुन जस्ता खाद्यान्नको सबैभन्दा बढी खपत यही क्षेत्रमा हुन्छ। तर, लकडाउनले सबै साना/ठूला होटल बन्द हुँदा काठमाडौंमा हुने खाद्यान्नको बिक्री ५० प्रतिशतले घटेको खुद्रा व्यापार संघले जनाएको छ।
नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले होटल तथा रेष्टुरेन्ट बन्द हुँदा चामल र दालको बिक्रीमा प्रभाव नपरे पनि पीठो, चिनी, नुन, तेलजस्ता वस्तुको बिक्री घटेको बताए। भने, “त्यस्ता कतिपय वस्तुको बिक्री घटेकाले डेट एक्सपायर हुने सम्भावना बढ्दै गएको छ।”
खुद्रा व्यापार संघका अनुसार होटल क्षेत्र बन्द हुँदा सबैखाले खाद्यान्नको खपतमा ३० प्रतिशतले र क्यान्टीन बन्द हुँदा २० प्रतिशतले कमी आएको छ।
तरकारी र फलफूल
लकडाउनअघि कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक ८०० मेट्रिकटन बराबरको तरकारी बिक्री हुन्थ्यो। लकडाउन भएपछि करीब ३०० मेट्रिकटनले बिक्री घटेर दैनिक ५०० मेट्रिकटनको हाराहारीमा आएको छ।
नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले होटल, रेष्टुरेन्ट र क्यान्टिन बन्द हुँदा ३० प्रतिशतले तरकारी र फलफूलको व्यापार घटेको बताए। उनका अनुसार १५ प्रतिशत तरकारी खपत होटल-रेष्टुरेन्ट र १५ प्रतिशत क्यान्टिनमा खपत हुन्थ्यो।
मासु
साना/ठूला होटल र रेष्टुरेन्ट बन्द हुँदा सबैभन्दा बढी प्रभावमा परेको क्षेत्र हो मासुको बजार।
काठमाडौंमा कुखुराको मासु बजार ९० प्रतिशत र खसी तथा राँगाको मासु बजार शतप्रतिशतले घटेको छ। होटल तथा रेष्टुरेन्टमा मात्र कुखुराको मासुको ५० प्रतिशत खपत हुन्थ्यो। काठमाडौंबाट मानिसहरू उपत्यकाबाहिर गएकाले थप ४० प्रतिशत खपत कम भएको ‘ह्याचरी उद्योग संघ’का अध्यक्ष टीका पोखरेलले बताए।
त्यस्तै पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपालका सबै होटल, रेष्टुरेन्ट र पार्टी प्यालेस बन्द भएका कारणले मासुको बजार घटेको बताए।
त्यस्तै खसी, राँगा, माछा र बंगुरको मासुको माग लगभग शून्यमा झरेको उनले बताए।
ग्यासको मौज्दात बढ्यो
नेपालमा बिक्री हुने खाना पकाउने एलपी ग्यासको कूल बिक्रीको १५ देखि २० प्रतिशत बजार हिस्सा होटल, रेष्टुरेन्ट, क्यान्टिन र पार्टी प्यालेसले ओगट्दै आएको छ। त्यसैले यस क्षेत्र पूर्णरूपमा बन्द हुँदा नेपालका ग्यास उद्योगहरूमा खाना पकाउने ग्यासको भण्डारण भरिएको छ।
जसका कारण, नेपालमा ग्यासको मौज्दात १४ हजार टन पुगेको छ जबकि नेपालका ग्यास उद्योगहरूको भण्डारण क्षमता कूल सात हजार टन हो।
ग्यास बोक्ने झण्डै २०० वटा बुलेट समेत भरिएपछि भण्डारण बढेर १४ हजार टन पुगेको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए।
यो मौज्दात बजारमा तयारी अवस्थामा रहेको सिलिन्डरको ग्यास समेत जोडेपछि हो। मौज्दात अवस्थामा रहेको उक्त परिमाणको ग्यासको हालको बजार मूल्य करीब एक अर्ब रूपैयाँ हुन आउने संघले बताएको छ।
ग्यास बढी खपत गर्ने होटल–रेष्टुरेण्ट क्षेत्र बन्द हुँदा भण्डारण बढेको भण्डारीले बताए।
पेय पदार्थ
होटल र रेष्टुरेन्ट पूर्णरूपले बन्द हुँदा असरमा परेको अर्को क्षेत्र पेय पदार्थ हो। गर्मीको मौसम शुरू भइसकेकाले साना तथा ठूला होटल र रेष्टुरेन्टमा अहिले मदिराविहीन पेय पदार्थको खपत पनि बढ्थ्यो। तर होटलहरू बन्द भएकाले यसको बजार माग पनि घटेको छ।
यस्तै, मदिराको बजारसमेत ओरालो गतिमा छ। ‘यती ब्रुअरी’का प्रबन्धक अरूण केसीका अनुसार ब्रुअरीद्वारा उत्पादन हुने विभिन्न प्रकारका रक्सीकोे ६५ प्रतिशत खपत होटल र रेष्टुरेन्टमा हुने गरेको थियो।
दूध
लकडाउनले होटलहरू बन्द हुँदा प्रभावित बनेको अर्को क्षेत्र दूध उत्पादन र बिक्री समेत हो।
साना तथा ठूला होटलहरूमा चिया बनाउन प्रयोग हुने दूधको बजार अहिले घटेको छ। होटलहरू बन्द भएकाले यस क्षेत्रको बिक्री घटेको नेपाल डेरी संघका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए।
नेपालको दैनिक दूध उत्पादन क्षमता ५८ लाख लिटर हो। त्यसमध्ये, उत्पादित दूधको ५० प्रतिशत दूध उत्पादकहरूले नै खपत गर्ने गरेको संघले बताएको छ। बचेको ५० प्रतिशत दूधको झण्डै ४५ प्रतिशत हिस्सा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा खपत हुने गरेको थियो। तर, सबैखाले होटलहरू बन्द हुँदा त्यो खपत घटेको छ।
" /> काठमाडौं। ११ चैतअघि होटल, रेष्टुरेण्टमा कत्तिको जानुहुन्थ्यो ? कम्तीमा पनि दिनको एकपटक हैन त ? शहरिया जीवनशैलीसँग होटल, रेष्टुरेण्ट, चिया पसल र क्याफे अभिन्नरूपमा जोडिएका छन्।साथीभाइसँग भेट्न होस् वा भोक मेट्न सहज गन्तव्य हुन् होटल-रेष्टुरेण्ट। साँझपख भरिभराउ हुने बार र रेष्टुरेण्ट पनि यसैमध्ये पर्छन्। तर, विश्वव्यापी महामारी कोभिड-१९ सँग जुध्न लागू गरिएको लकडाउनका कारण यो क्षेत्र अहिले ठप्प छ।

">