ताइवान चीनको प्रमुख राष्ट्रिय स्वार्थः रक्षामन्त्री वी
काठमाडौं । चीनका रक्षामन्त्री वी फेङले ताइवान समस्या समाधान गर्नु चीनको प्रमुख राष्ट्रिय स्वार्थको विषय भएको बताएका छन्।

बेइजिङमा आयोजित सिङशाङ फोरमको उद्घाटन गर्दै रक्षामन्त्री वील चीनको एकीकरणलाई कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेका हुन्।

सिङसाङ फोरम सिंगापुरमा आयोजना हुने ‘साङरिला डाइलग’को चिनियाँ संस्करण हो।

राष्ट्रिय एकतालाई बिथोल्न कोशिस गर्ने शक्ति क्षय हुने रक्षामन्त्री वीको दाबी छ।

आगामी जनवरीमा हुने ताइवानमा हुने राष्ट्रपतिको निवार्चनअघि चीन र ताइवानबीच पुनः समस्या देखा पर्दै जाँदा रक्षामन्त्री वीको यस्तो धारणा आएको हो।

ताइवानलाई चीनको संवेदनशील क्षेत्रको रुपमा लिइँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्