काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बसेको हो।
नेपाली भूमि लिपुलेकमा भारतले गरेको सडक निर्माण, कोभिड-१९ को संक्रमण लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
बैठकमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता र मन्त्रीपरिषद्का केही सदस्य सहभागी छन्।
भारतले लिपुलेकमा सडक निर्माण गरेपछि संसद्देखि सडकसम्म चर्को विरोध शुरू भएको छ। राजनीतिक दलहरूले पनि उच्चस्तरीय वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन्।
यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्।
" /> काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरू भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बसेको हो।

">