काठमाडौं। कोरोनाको कहरबाट थलिएको मुलुकको अर्थतन्त्रलाई राहत दिने गरी आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम ल्याउन सांसदहरूले सरकारलाई सुझाव दिएका छन्।
आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोनाले असर पारेका क्षेत्रको लागि विशेष राहत प्याकेज ल्याउन, प्रभावकारी कार्यान्वयन प्रणाली लागू गर्न तथा रोजगारी प्रदान गर्ने गरी बजेटका कार्यक्रम बनाउन सांसदहरूले सुझाव दिएका छन्।
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो सुझाव दिएका हुन्।
सांसद लक्ष्मणलाल कर्णले भारतलगायत विदेशी मुलुकमा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल नगरेको बताए। त्यसैगरी, बजेटमा विदेशबाट फर्किने नेपालीलाई रोजगारी दिने गरी कार्यक्रम बनाउनुपर्ने उनले बताए।
“विदेशबाट फर्कने ठूलो संख्याका श्रमिकलाई व्यवस्थापनका लागि पनि सरकारले बजेटमा कार्यक्रम समेट्नुपर्छ। उनीहरूलाई कृषि उत्पादन, पशुपालनलगायत क्षेत्रमा आबद्ध गराइनुपर्छ”, उनले भने।
सांसद रामकुमारी चौधरीले नेपाललाई कृषिमा आन्तनिर्भरतातर्फ उन्मुख गराउन कम्तीमा १० देखि १२ प्रतिशत बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिइन्।
सांसद पुष्पा भुसाल कोभिड-१९ को महामारीबाट शिथिल बनेको अर्थतन्त्रलाई उकास्ने गरी आगामी आर्थिक वर्षको बजेट बनाउनुपर्ने बताइन्। अर्थमन्त्रीले पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रलाई कोरोना महामारीबाट उकास्ने कार्यक्रमतर्फ ध्यान नदिएको उनले बताइन्।
“मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीतिगत र व्यवहारिक बजेट आउनुपर्छ। प्रशासनिक क्षेत्रमा रहेको फजुल खर्चलाई कटौती गरी प्राथमिकतायुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्नेतर्फ बजेटमा विषयवस्तु समेट्नुपर्छ”, उनले भनिन्।
सांसद विमलप्रसाद श्रीवास्तवले कृषि उत्पादनमा वृद्धि हुनेगरी आगामी आवको बजेट नीति तथा कार्यक्रम समेटिनुपर्ने बताए। तरकारी तथा फलफूलजन्य वस्तुको परनिर्भरतालाई निरूत्साहन गर्दै कृषि उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा हुनुपर्ने सुझाव श्रीवास्तवले दिएका छन्।
" /> काठमाडौं। कोरोनाको कहरबाट थलिएको मुलुकको अर्थतन्त्रलाई राहत दिने गरी आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम ल्याउन सांसदहरूले सरकारलाई सुझाव दिएका छन्।आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोनाले असर पारेका क्षेत्रको लागि विशेष राहत प्याकेज ल्याउन, प्रभावकारी कार्यान्वयन प्रणाली लागू गर्न तथा रोजगारी प्रदान गर्ने गरी बजेटका कार्यक्रम बनाउन सांसदहरूले सुझाव दिएका छन्।

">