कांग्रेसले भन्यो- ‘सरकारी कोषको रकम स्थानीय तहसम्म पुर्‍याऊ’
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारी कोषमा थन्किएर बसेको अर्बाैं रकम स्थानीय तहलाई दिएर कोरोना नियन्त्रणमा खर्च गर्न आग्रह गरेको छ।

विपद् व्यवस्थापन कोषमा अर्बाैं रकम जम्मा भए पनि कोरोना नियन्त्रणका लागि सरकारले खर्च गर्न नसकेको कांग्रेसले आरोप लगाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले रकम नदिँदा स्थानीय तहहरू सीमित स्रोतसाधनका बीच कोरोनासँग लडिरहेको बताए।

“सरकारको विपद् व्यवस्थापन कोषमा पहिले पनि डेढ अर्ब थियो, अहिले कोषमा करीब तीन अर्ब रूपैयाँ जम्मा भएको छ”, उनले भने, “सिंहदरबारमा बस्ने सरकारले होइन, राहत बोकेर घरमै जाने स्थानीय सरकारका वडाध्यक्षहरूले खर्च गर्ने रकम हो।”

संघीय सरकारको ढुकुटीमा जम्मा भएको रकम स्थानीय सरकारलाई राहतको लागि दिनुपर्ने भए पनि अहिलेसम्म स्थानीय तहमा त्यो रकम पुग्न नसकेको उनको भनाइ छ।

कांग्रेसले पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको समेत कोरोना परीक्षण गर्न माग गरेको छ।

कोरोना परीक्षण दायरा बढाउन आग्रह गर्दै शर्माले सांसद विकास कोषको रकम पनि यसका लागि खर्च गर्न आग्रह गरे।

नेपालको अविछिन्न अधिकार रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका विवाद समाधानका लागि भारत र चीनसँग नेपाल सरकारले संवाद गर्नुपर्ने  कांग्रेसकाे भनाइ छ।

यस्तै उनले अहिले श्रमिक, विद्यार्थी र बेरोजगारहरू जस्तै विभिन्न पेशा व्यवसायका व्यक्तिहरू पनि समस्यामा रहेकाले सबैलाई समेट्ने गरी राहतका कार्यक्रम ल्याउन पनि पौडेलले आग्रह गरे।

विभिन्न देशमा अलपत्र परेका नागरिकको उद्धारका लागि गम्भीरता देखाउन पनि उनले सरकारसँग अनुरोध गरेका छन्।

रोजगारी गुमाएर आएका हजारौं नेपाली सीमानामा रोकिएर बसेको र केही नागरिकहरू लुकीछिपी नेपाल प्रवेश गरिरहेको तर्फ पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

लुकीछिपी नेपाल प्रवेश गरिरहेका नागरिकहरूबाट संक्रमण फैलिएको उल्लेख गर्दै प्रवक्ता शर्माले सीमा क्षेत्रमा रहेका नागरिक र अन्य मुलुकमा समस्यामा परेका नागरिकलाई व्यवस्थितरूपमा स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन्।

सरकारले कोरोना परीक्षणका लागि केन्द्र विस्तार र स्वास्थ्य सामग्री खरिदजस्ता राम्रो काम गरे पनि ढिलासुस्ती, अपारदर्शीता भएको उनले आरोप लगाएका छन्।

त्यस्तै उनले सरकारले व्यवस्थित र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको क्वारेन्टाइनमा निर्माण गर्न नसकेको, कोरोनासँग जुध्नुपर्ने बेलामा प्रधानमन्त्री सत्ताको खेलमा लागेको समेत आरोप लगाए।

नेपाली भूमि कालापानी क्षेत्रबाट भारतीय सेनालाई फर्काउने विषयमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। नेपालको अविछिन्न अधिकार रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका विवाद समाधानका लागि सरकारले भारत र चीनसँग संवाद गर्नुपर्ने उनले बताए।

कूटनीतिक र राजनीतिक प्रक्रियाबाट यसको पहल गर्नुपर्नेमा सरकार औपचारिक वक्तव्यमा राष्ट्रवादलाई प्रस्तुत गर्नमा मात्रै सीमित भएको शर्माले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्