डीभी भर्नेको भीड राहदानी विभागमा ! (भिडिओसहित)

काठमाडौं । यो वर्षदेखि अमेरिकाले इलेक्ट्रोनिक डाइभर्सिटी भिसा लट्री (इडीभी) भर्नाको लागि राहदानी अनिवार्य गरेसँगै राहदानी बनाउनेहरूको भीड बढेको छ ।

यसअघि दैनिक एक हजारदेखि १२ सय जनासम्मले दैनिक राहदानी बनाउँदै आएका थिए । तर, अहिले दैनिक २८ सयदेखि तीन हजार जनासम्मले राहदानी बनाइरहेको विभागमा महानिर्देशक रामकाजी खड्काले जानकारी दिए । दशैं बिदापछि राहदानी बनाउनेहरू बढेको उनको भनाइ छ ।

चार वर्षअघिदेखि जिल्ला–जिल्लाबाट पनि राहदानी वितरणको काम शुरू भएसँगै विभागमा भीड कम भएको थियो । तर, जिल्लाबाट राहदानी लिन एक महीना समय लाग्ने भएकोले अधिकांश विभाग आइपुगेका हुन् । अहिले अधिकांशले तीन दिनमा पाउने गरी राहदानी माग गरेको खड्काले बताए ।

विभागले एक दिन, दुई दिन र तीन दिनमा राहदानी उपलब्ध गराउँदै आएको छ । खड्काका अनुसार एक दिनमा राहदानी लिन चाहनेहरूले १५ हजार, दुई दिनका लागि १२ हजार र तीन दिनका लागि १० हजार रूपैयाँ शुल्क तिर्नुपर्छ ।

त्यस्तै, जिल्लाबाट एक महीना लगाएर लिन चाहनेहरूको लागि पाँच हजार रूपैयाँ शुल्क लाग्छ ।

अमेरिकाले सन् २०२१ का लागि १५ असोजदेखि डीभीको आवेदन खोलेको थियो । आवेदनको समयसीमा १९ कत्तिकसम्म छ ।

हामीसँगको कुराकानीमा पनि अधिकाशंले डीभी आवदेन दिनका लागि राहदानी बनाउन आएको बताएका थिए ।

हेर्नुहोस् भिडिओः

प्रतिक्रिया दिनुहोस्