अस्ट्रेलियामा ६ लाखले गुमाए रोजगारी
सिडनी। कोभिड-१९ महामारीका कारण अस्ट्रेलियामा ६ लाख युवाले हालसम्म रोजगारी गुमाएका छन्।

अप्रिलमा बेरोजगारी दर पाँच दशमलव दुई प्रतिशतबाट बढेर ६ दशमलव दुई प्रतिशत भएको छ। अर्थशास्त्रीहरूले भने यो दर आठ दशमलव तीन प्रतिशत पुग्ने बताएका थिए।

रोजगारीको हिसाबबाट अन्य मुलुकको तुलनामा भने अस्ट्रेलियाको अवस्था केही राम्रो देखिएको छ।

सरकारले तत्काल कल्याणकारी योजना लागू गरिहालेकाले स्थिति नियन्त्रणबाहिर जान नपाएको विश्लेषकहरूको भनाइ छ।

अहिले करिब ६० लाख अस्ट्रेलियाली नागरिकले सरकारबाट अनुदान पाइरहेका छन्। अन्य १० लाख नागरिकले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन्। दुवैलाई मिलाउँदा अस्ट्रेलियाको ४० प्रतिशत वर्कफोर्स हुन आउँछ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एकदमै कठिन दिनबाट गुज्रिनु परेको बताएका छन्। “आगामी महीनामा पनि स्थिति खराब नै रहनेछ,” उनले भने, “जुन महीनामा बेरोजगारी दर १० प्रतिशत पुग्नेछ र कूल गार्हस्थ्य उत्पादन (जीडीपी)का १० प्रतिशतको गिरावट आउने अनुमान छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्