कालिमाटी तरकारी बजारमा ६०० जनाको कोरोना परीक्षण (तस्वीरहरू)

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोरोना भाइरस (कोभिड-१९)को परीक्षण शुरू गरिएको छ।

कालिमाटी बजारका तरकारी तथा फुलफूल व्यापारी, व्यापारीका सहयोगी, ढुवानी व्यवसायी, चालक र सहचालक, बजार विकास समितिका कर्मचारी, सरसफाइका कर्मचारी र मजुदरको कोरोना परीक्षण गरिएको हो।

स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिकाको आयोजनामा गरिएको परीक्षणमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सहजीकरण गरिरहेको छ।

समितिका उपनिर्देशक बिनय श्रेष्ठले कालिमाटी बजारमा संलग्न ६०० जनाको परीक्षण गर्ने लक्ष्य रहेको बताए।

“त्यसमध्ये ४०० जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र २०० जनाको पीसीआर टेस्ट गरिने छ”, उनले भने।

आज बेलुका ५ बजेसम्म परीक्षण गरिनेछ। आज सबैको नसकिए भाेलि, २ जेठमा पनि परीक्षण गरिने समितिले बताएको छ।

हेर्नुहोस् थप तस्वीर

प्रतिक्रिया दिनुहोस्