काठमाडौं। लकडाउन लम्बिँदै जाँदा चलचित्र प्राविधिकहरु आर्थिक संकटमा परेका छन्। चलचित्र छायांकन र प्रदर्शन बन्द हुँदा उनीहरूको रोजिरोटीमा समस्या परेको हो।
उनीहरू आवद्ध नेपाल चलचित्र प्राविधिक संघले विभिन्न निकायमार्फत उनीहरूलाई सहयोग जुटाइरहेको छ।
झण्डै चार हजारको संख्यामा रहेका प्राविधिकहरूलाई लकडाउनका कारण कोठाभाडा तिर्नदेखि खानपिनमा समेत समस्या पर्न थालेको संघका अध्यक्ष पुष्कर लामाले बताए।
विगतका वर्षको तुलनामा गत वर्ष थोरै मात्र चलचित्र प्रदर्शनमा आएकोले उनीहरूको पारिश्रमिकमा नै असर परिरहेको लामाले बताए।
"२०७५ सालमा सयभन्दा बढी चलचित्र प्रदर्शनमा आएका थिए। तर, २०७६ मा घटेर लगभग ५० मा सिमित बने। चलचित्रको आधारमा पारिश्रमिक पाउदैं आएका प्राविधिक पहिलादेखि नै समस्यामा परेका थिए। यो लकडाउनले त झनै मारमा पर्यो", लामाले देखापढीसँग भने।
संघले दाताहरूले गरेको सहयोगको आधारमा २५ किलो चामल, ५ किलो दाल, नुन, तेल, चीनि, बिस्कुट लगायतका खाद्यान्न वितरण गर्दै आएको छ।
यसैबीच नेपाल चलचित्र कलाकार संघको नर्थ अमेरिका च्याप्टरमार्फत ९० हजार रूपैयाँ सहयोग भएको छ।
च्याप्टर अध्यक्ष नवराज श्रेष्ठ, बरिष्ठ अभिनेता तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, गायक शंकरलाल श्रेष्ठ र संचारकर्मी सूर्य चन्दले उक्त सहयोग संघलाई हस्तान्तरण गरेका छन्।
" /> काठमाडौं। लकडाउन लम्बिँदै जाँदा चलचित्र प्राविधिकहरु आर्थिक संकटमा परेका छन्। चलचित्र छायांकन र प्रदर्शन बन्द हुँदा उनीहरूको रोजिरोटीमा समस्या परेको हो।उनीहरू आवद्ध नेपाल चलचित्र प्राविधिक संघले विभिन्न निकायमार्फत उनीहरूलाई सहयोग जुटाइरहेको छ।

">