जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ।
सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने भए पनि यसमा भने खेल्ने मान्छे बसेपछि पछाडिबाट मेसिनको सहायताले पिङ मचिन्छ।
चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने मजबुत डोरीको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरी निर्माण गरिएकोले पिङ सुरक्षित, भरपर्दो भएको कार्कीको दाबी छ।
विश्वकै अग्लो स्विङ र स्काई साइक्लिङ समेत निर्माण गरेको कम्पनीले सो क्षेत्रलाई 'एड्भेन्चर हबका' रूपमा विकास गर्ने योजना बनाइएको उनले बताए।

पर्वत-बागलुङको सीमामा आधुनिक पिङ मार्फत साहसिक पर्यटन विकास गर्दै द क्लिफ: Dekhapadhi
पर्वत-बागलुङको सीमामा आधुनिक पिङ मार्फत साहसिक पर्यटन विकास गर्दै द क्लिफ

पर्वत। पछिल्लो समय नेपाली युवाहरूमा साहसिक पर्यटन प्रतिको क्रेज ह्वात्तै बढेको छ।

बञ्‍जी, प्याराग्लाइडिङ, र्‍याफ्टिङ र जिपलाइनको देशका विभिन्‍न ठाउँमा विस्तार गरिएसँगै पर्यटन प्रेमीलाई लक्षित गर्दै परम्परागत रूपमा खेलिने पिङलाई परिमार्जित गरी विभिन्न ठाँउमा अनौठा-अनौठा पिङ बनाउने होड नै चलेको छ।

कुश्मा बजारको एक रेस्टुरेन्टले पिङ बनाएर चर्चा कमाए पछि गोरखा बजार र धुलिखेल जिपलाइनमा पनि उस्तै खाले पिङ बने ।

विश्‍वकै दोश्रो अग्लो बञ्‍जी सञ्‍चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालकै अग्लो र नमूना पिङ बनाएको छ।

बञ्‍जीका लागि कालीगण्डकी नदीको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २२८ मिटर छ। सो भन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २४८ मिटर छ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ।

सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने भए पनि यसमा भने खेल्ने मान्छे बसेपछि पछाडिबाट मेसिनको सहायताले पिङ मचिन्छ।

चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने मजबुत डोरीको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरी निर्माण गरिएकोले पिङ सुरक्षित, भरपर्दो भएको कार्कीको दाबी छ।

विश्‍वकै अग्लो स्विङ र स्काई साइक्लिङ समेत निर्माण गरेको कम्पनीले सो क्षेत्रलाई 'एड्भेन्चर हबका' रूपमा विकास गर्ने योजना बनाइएको उनले बताए।