पश्चिम सेती निर्माणका लागि डोटीमा दिउँसै टुकी बालेर सरकार खोज्दै

कैलाली। पश्‍चिम सेती जलविद्युत निर्माणका लागि दबाब दिँदै आएको 'बोलन्या थली' ले आज डोटीको दिपायलस्थित सेती पुलमाथि ७५० ओटा टुकी बालेर सरकारको ध्यानाकर्षण गराएको छ।

७५० मेगावाटको उक्त जलविद्युत आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप ७५० ओटा टुकी बालिएको हो।

प्रदर्शनकारले आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौला ? 'रिभर्स माईग्रेशन' को व्यवस्थापन गरौँ, पश्चिम सेती लागु गरौँ भन्दै दिउँसै टुकी बालेका हुन्।

योजना निर्माण गर्ने सरकारको खोजी गर्दै सांकेतिक रूपमा टुकी बालिएको बोलन्या थलीला संयोजक यादव जोशीले बताए।

नेपाल उद्योग बाणिज्य संघ डोटी र होटल व्यवसायी संघको समन्वयमा मध्यान्ध १२ बजे टुकी बालिएको हो।

प्रतिक्रिया दिनुहोस्