संसदको संयुक्त सदनलाई भोलि सम्बोधन गर्दै राष्ट्रपति
<p>काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपरान्ह सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएकी छिन्।</p>
<p>संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले कार्यसूची प्रकाशित गर्दै अपरान्ह ४ बजे राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराएका छन्।</p>
<p>दुई दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो।</p>
<p>भोली सरकारले नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि १५ जेठमा सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउनेछ।</p>
प्रतिक्रिया दिनुहोस्