"> प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा–नौबिसे सुरूङमार्गको शिलान्यास: Dekhapadhi
प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा–नौबिसे सुरूङमार्गको शिलान्यास
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–नौबिसे सुरूङमार्गको शिलान्यास गरेका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले सुरूमार्गको शिलान्यास गरेका हुन् ।

देशको संघीय राजधानी काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसेको सिस्नेखोला सुरूङमार्गको लम्बाइ २.६८८ किलोमिटर छ ।

सुरूङमार्ग निर्माणका लागि गत ६ असोजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र हाज्मा एण्डो कर्पोरेसनबीच निर्माण सम्झौता भइसकेको छ ।

सुरूङमार्गमा जापान सरकारको १६.६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकार ५.५३ अर्ब लगानी रहनेछ । जाइकाबाट प्राप्त हुने ऋणको ब्याज ०.०१ प्रतिशत हुनेछ ।  सुरूङमार्ग ४२ महीनामा निर्माण सम्पन्न हुनेछ ।

सुरुङमार्ग अन्तर्गत दुईवटा फ्लाइओभर ब्रिज पनि बन्नेछन् ।

दुई लेनको सुरुङमार्गमा ३.५ मिटरका दुईवटा लेन र १.५ मिटर चौडाइको अर्को इमर्जेन्सी ट्रयाक हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्